काठमाडौं । भारतको नयाँ प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् ।
शुक्रवार साँझ राष्ट्रपति द्रौपदी मुर्मूले मोदीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।
आज विहान एनडीए संसदीय दलको बैठकबाट मोदी संसदीय दलको नेता चुनिएका थिए ।
मोदीले आइतवार साँझ ६ बजे शपथ लिने कार्यक्रम रहेको बताइएको छ ।