लेखक – स्व. पं. दिव्यवज्र वज्राचार्य
सम्पादन– सुमति वज्राचार्य
साहस्रप्रमर्दिनी, महामायूरी, प्रतिसरा, शीतवती, मन्त्रानुसारिणी सूत्रलाई पञ्चरक्षा सूत्र भनिन्छ । हाल नेपालमा भएका महायानी सूत्रहरूको लिखित पुस्तकहरू छन् ती पुस्तकहरू मध्ये सबैभन्दा धेरै पञ्चरक्षा पुस्तकहरू नै धेरै छन् भन्दा अनुचित नहोला । साँचै भनँु भने यो कुरा नेपाली जन समाजमा पञ्चरक्षा सूत्रप्रतिको श्रद्धा, आस्था र लोक प्रियताका प्रमाण हुन् ।
परित्राण शब्द र रक्षा शब्दको एउटै अर्थ भएकोले पञ्चरक्षाको कुरा स्पष्ट ज्ञान गर्न स्थविरवादको परित्त सूत्र (परित्राण सूत्र) को कुरा बुझ्नु अति आवश्यक छ ।
श्री भिक्षु प्रज्ञानन्द र धर्मालोक महास्थविर सम्पादन गर्नु भएको श्री बुद्ध घोष भन्तेले सहयोग गर्नु भएको शब्दार्थहरूको आधारमा श्री सुदर्शन भन्तेले लेख्नु भएको वि.सं. २०३३ साल तिर प्रकाशित भएको परित्त सूत्र (परित्राण सूत्र) मा जिन पञ्जर गाथाको दशौं र एघारौं गाथामा यसरी लेखेको कुरा तल दिइन्छ—
रतनं पुरतो आसि दक्खिणे मेत्त सूत्तकं ।
धजग्ग पच्छतो आसि वामे अङ्गुलिमालकं ।।
खन्धमोर् परित्तश्च आटानाटिय सुंत्तकं ।
आकाशच्छदनं आसि सेसायाकार सञ्निता ।।
धजग्ग पच्छतो आसि वामे अङ्गुलिमालकं ।।
खन्धमोर् परित्तश्च आटानाटिय सुंत्तकं ।
आकाशच्छदनं आसि सेसायाकार सञ्निता ।।
यस श्लोकका पंक्तिहरूलाई विचार गर्दा रत्न, मैत्री, ध्वजाग्र, अङ्गुलिमाल, स्कन्ध मयुर, आटानाटिय यी सात वटा परित्त (परित्राण) सूत्र नै प्राचिन तथा मुख्य परित्त सूत्र हुनुपर्दछ । अर्थकथाचार्य बुद्धघोषले पनि वडो आदर पूर्वक नाम उल्लेख गरेको नागसेनले पनि यिनै सात वटा सूत्रलाई अनुमोदन गरी राखेकी कुरा बम्बैई युनिभर्सिटिबाट प्रकाश भएको पाली “मिलिन्द पञ्हो” भन्ने पुस्तकको १५३ पृष्ठ हेर्दा अझ स्पष्ट हुन आउँछ । हुन त धर्मोदय सभाले प्रकाशित गरेको हिन्दी मिलिन्द प्रश्नको १८३ पृष्ठमा मैत्री सूत्रलाई छुटाई जम्मा छ वटा सूत्रलाई मात्र उल्लेख गरेको पाइन्छ । फेरि जिनपञ्जर गाथाको रचनाकालसम्ममा अरू अरू परित्त सूत्त संलग्न नगरेका होयनन् भन्ने तथ्य सेसाथाकार सञ्जिता भन्ने वाक्यले देखाउँछु । जिनपञ्जर गाथाको समयसम्ममा समाजको मन कता बगिरहेको छ भन्ने कुरा पनि अध्ययन गर्नु रमाइलो लाग्छ । यो कुरा पछि लेख्ने छु ।
साहस्रप्रमर्दिनी सूत्र
सात वटा सूत्र मध्ये पालि सूत्त निपातमा लेखि राखेको रत्नसूत्र सबैभन्दा लोकप्रिय सूत्र देखिन्छ । यो सूत्रलाई महायानको पूर्वरूप भन्न सुहाउने ……… महावस्तु अवदानको पृष्ठ २३६ मा पाली मिश्रित संस्कृत भाषामा लेखिराखेको छ । हुन त त्यसमा पनि कुनै कुनै पाठान्तर नभएको होइन ।
त्यस्तै वज्रयानको पूर्वरूप भन्न सुहाउने पञ्चरक्षा सूत्र (महायानी परित्राण) मा साहस्रप्रमर्दिनी सूत्र भनी रतन सूत्रको संस्ृकत रूप दिई राखेको पाइन्छ । पाठक वर्गहरू जो परित्राण महापरित्रणमा रुचि राख्छन् उहाँहरूले पालि रतनसूत्तसँग महायानी पञ्चरक्षा साहस्र प्रमर्दिनी सूत्रसँग दाँजेर हेर्नु उपयुक्त छ । यसरी तुलनात्मक तरिकाले दुवै वाद थेरवाद र महायानको विचारधारालाई तुलनात्मक रूपले विचार गर्ने गरेमा दुवै परित्राणलाई चिरस्थायी गर्न सकिन्छ । त्रिसाहस्र महासाहस्र लोक धातुमा रहेका सबै प्राणीहरूलाई दमन गर्न सक्ने (शान्त पार्न) सक्ने बुद्ध भगवान्ले आज्ञा भएको परित्त धर्म नै साहस्र प्रमर्दिनी सूत्र हो भन्ने महायानी परित्राण सूत्र पञ्चरक्षाको भनाई हो । यो सूत्रमा उल्लेख भएको चतुर्महाराजहरूको कुरा आटानाटीय सुत्तको कुरासँग समानता अर्थात् मेल खान आउँछ ।
त्यसपछि पञ्चरक्षा महामायुरी सूत्र अन्तर्गतको मोर सूत्त (मायुरी सूत्र) पनि त्यतिकै जनप्रिय मानिन्छ । यो कुरा ऐतिहासिक तथ्य अनुसार शक राणाहरूको पालामा लेखिएको आयुर्वेदको पुष्टक अष्टाङ्ग हृदय र अष्टाङ्ग संग्रहमा पनि मायुरी विद्याको नाम उल्लेख भइरहेकोले पनि यो महामायुरी सूत्र तत्कालिन समाजमा कति लोकप्रिय रहेछ भन्ने स्पष्ट हुन आउँछ ।

इश्वी ३१७–३२३ वर्षको भित्र पञ्चरक्षा सूत्र चिनिया भाषामा अनुवाद पनि भएको छ भनी काश्यप संहिताको भूमिकामा लेखि राखेको पाइन्छ । त्यो पञ्चरक्षा सूत्रको अन्त्यमा “यक्षमुखोद्धृत” शब्द प्रयोग गरेको उपलब्ध छ । त्यसकारण यो सूत्र केही समय लोप भएको र एक जना यक्षले श्रद्धापूर्वक कण्ठ पारेको रहेछ भन्ने ज्ञात हुनछ । त्यही यक्षको अनुग्रहले यो महामायुरी सूत्र फेरि जन समाजको सामु प्रचार प्रसार हुन् आयो भन्ने भाव व्यक्त गर्न यो महामयुरी सूत्रको अन्तमा “यक्षमुखोद्धृत” शब्द लेख्ने प्रचलन चलेको हुनुपर्छ ।
महामायुरी सूत्रभित्र धेरै मन्त्रपदहरू उल्लेख छन् । त्यसमध्ये एक दुईवटा मन्त्र पदको अन्तमा “ड्रविडा मन्त्रपदा” भनी उल्लेख गरेको पनि उपलब्ध छन् । सायद, ती मन्त्रपदहरू पुरानो ड्राविड मायाबाट लेखेको हुन सक्छ । यो अध्ययन गर्नु पर्ने विषय हो ।
त्यति मात्र होइन, यो महामायुरी सूत्रमा धेरै पर्वत तथा नदी, नाला, देश, नाग, यक्ष भूतप्रेतहरूको प्रसङ्ग पनि उल्लेख गरेको छ । प्राचीन भुगोल सम्बन्धी अध्येयता तथा यक्ष आदि प्राणीहरूको अध्ययन गर्नेहरूलाई यो कुरा उपयोगी हुन सक्छ ।

यो महामायुरी सूत्रमा मोर सूत्त र खन्ध सूत्त दुईवटै कुरा समावेश गरेको देखिन्छ । यो कुरा पञ्चरक्षाको महामायुरी सूत्रको सारांश हेर्नु भएमा पाठक वर्गले स्पष्ट थाहा हुने छ नै ।
दरभंगाबाट प्रकाशन भएको मूल सर्वास्तिवाद विनय वस्तुको १७० पृष्ठको कुरासँग खन्ध वत्त जातकको कुरा मिलन आउँछ । त्यसैमा महामायुरी विद्या पनि उल्लेख गरी राखेको छ । खन्ध जातकमा सर्पले टोकेको भिक्षुको नाम भने दिइराखेको छ । तर पञ्चरक्षा र सर्वास्तिवाद विनय वस्तुमा भिक्षुको नाम स्वाति भनेर बताएको छ । अनि यही स्वाति भिक्षुलाई सर्पले टोकेको हुनछ । त्यति बेला उसलाई बचाउनलाई मयुर योनिमा जन्म लिन जाँदा बोधिसŒवले पाठ गरेको विद्यालाई नै महामायुरी विद्या भनी भनिन्छ भनेर लेखेको पाइन्छ ।

श्री आचार्य भिक्षु अमृतानन्दज्यूले संपादन गरेको जातक संग्रह तृतीय भाग ४७ पृष्ठमा खन्धवत्त जातकलाई अङ्गुतर निकाय पृ.७६ पत्त कम्म वग्गोमा उही राज सूत्र भनी उल्लेख गरेको छ । यो कुरा हेर्दा विभिन्न संगीतकारहरूले उही एउटै कुरा विभिन्न तरिकाले विभिन्न नामले बुद्ध वचनहरू संग्रह गरिराखेको नि नभएको होइन । त्यस्तै महामायुरी सूत्रमा मयुर सूत्त र खन्धसूत्त एकै ढिक्का गरी संग्रह गरेको पाइन्छ ।
खन्ध सूत्तको संस्कृत रूप महामायुरी सूत्र लेखिराखे अनुसार तल केही उल्लेख गरिएको छ । पाठकवर्गले पालि खन्ध सूत्र र मोरसूत्त अन्तर्गत परित्राणसँग तुलना गरी हेर्नु होला भन्ने आशा लिइएको छ । हुन त पञ्चरक्षा सूत्त र खन्ध सूत्रको बिच बिचमा अरू अरू गाथाहरू पनि समावेश गरिराखेको छ । तर ती सबै तल उद्धरण गरिएको छैन ।

श्री आचार्य भिक्षु अमृतानन्दज्यूले संपादन गरेको जातक संग्रह तृतीय भाग ४७ पृष्ठमा खन्धवत्त जातकलाई अङ्गुतर निकाय पृ।७६ पत्त कम्म वग्गोमा उही राज सूत्र भनी उल्लेख गरेको छ । यो कुरा हेर्दा विभिन्न संगीतकारहरूले उही एउटै कुरा विभिन्न तरिकाले विभिन्न नामले बुद्ध वचनहरू संग्रह गरिराखेको नि नभएको होइन । त्यस्तै महामायुरी सूत्रमा मयुर सूत्त र खन्धसूत्त एकै ढिक्का गरी संग्रह गरेको पाइन्छ ।
खन्ध सूत्तको संस्कृत रूप महामायुरी सूत्र लेखिराखे अनुसार तल केही उल्लेख गरिएको छ । पाठकवर्गले पालि खन्ध सूत्र र मोरसूत्त अन्तर्गत परित्राणसँग तुलना गरी हेर्नु होला भन्ने आशा लिइएको छ । हुन त पञ्चरक्षा सूत्त र खन्ध सूत्रको बिच बिचमा अरू अरू गाथाहरू पनि समावेश गरिराखेको छ । तर ती सबै तल उद्धरण गरिएको छैन ।
खन्ध सूत्तको संस्कृत रूप महामायुरी सूत्र लेखिराखे अनुसार तल केही उल्लेख गरिएको छ । पाठकवर्गले पालि खन्ध सूत्र र मोरसूत्त अन्तर्गत परित्राणसँग तुलना गरी हेर्नु होला भन्ने आशा लिइएको छ । हुन त पञ्चरक्षा सूत्त र खन्ध सूत्रको बिच बिचमा अरू अरू गाथाहरू पनि समावेश गरिराखेको छ । तर ती सबै तल उद्धरण गरिएको छैन ।
वज्रयानी पञ्चरक्षाको विशेषता
प्रतिसरा सूत्र मन्त्रानुसारिणी सूत्र, शीतवती सूत्र, यी तीन वटा सूत्रहरू वज्रयानी पञ्चरक्षा सूत्रको विशेषता हो । यी तीन वटा सूत्रमा लेखि राखेको कथाहरू स्थविरवादको ग्रन्थहरूसँग समानता छैन । हुन त संयुक्त निकाय दश परिच्छेदमा सुदत्त सूत्रमा शीतवन भन्ने श्मशानको वर्णन छ । त्यहि शीतवनमा भगवान् विहार गरी राख्नु भएको बेला अनाथ पिण्डकले सर्वप्रथम बुद्ध भगवान्को दर्शन गरेको कुरा उल्लेख छ । त्यस्तै अमनुष्य यक्षहरूको कुरा र डरलाग्दो शीतवनको कुरा पनि छन् । यो कुरासँग पञ्चरक्षा सूत्रमा उल्लेख भएको शीवतन श्मशानको समानता छ । त्यही शीवतनमा राहुललाई उपदेश भएको सूत्रलाई नै शितवती सूत्र भनिन्छ ।
वज्रयानी प्रतिसरा सूत्रमा विद्याधर रक्षा विधान कलप भन्ने एउटा प्रकरण पनि छ । यो कल्पमा रोगीहरूलाई शानित स्वस्ति गर्ने विधिहरूको वर्णन गरिएको छ । विद्याधरहरूलाई देवयोनि भनी उल्लेख गरेको पाइन्छ । उहाँहरूमा धेरै ऋद्धिसिद्धिहरू हुनछन् भनी महायानी सूत्रमा मात्र होइन, स्थविरवादी भन्नेहरूको ग्रन्थमा पनि वर्णन गरेको पाइन्छ । यो कुरा मिलिन्द पञ्हो १५५ पृष्ठ हेर्दा स्पष्ट हुन आउँछ । त्यसमा यसरी उल्लेख गरेको छ—
एक जना दानवले आफ्नी पत्नीलाई रक्षा गर्ने ऋद्धिको शक्तिले आफ्नी पत्नीलाई एउटा वट्टामा राखी त्यो वट्टा निलेर आफ्नो पेटमा राखेको रहेछ । तर यसरी आफ्नी श्रीमतिलाई सुरक्षा गरिए पनि एक जना अर्को विद्याधरले आफ्नो ऋद्धिको बलले दानवको मुखबाट भित्र पसी उनकै पत्नीसँग रसरंग गरी बस्दै थिए । दानवलाई शंका लागि त्यो वट्टा वक्लेर वट्टा खोलेर हेर्दा विद्याधरलाई देखेछ । तर त्यो विद्याधर परित्राण (पञ्चरक्षा) को बलले दानवको भयबाट मुक्त भयो भनी लेखि राखेको छ । यो कुरा विचार गर्दा विद्याधर रक्षाविधान कल्पको परम्परा पनि प्रतिसरा सूत्रमा आउनुको मुख्य आधार पनि यही हुन सक्छ ।

मन्त्रानुसारिणी सूत्र
यो मन्त्रानुसारिणीको कुरा रतन सूत्रको कुरासँग धेरै समानता छ । यो दुवै सूत्र वैशालीमा त्यति बेला भएको उपद्रव शान्त गर्नलाई नै भगवान् बुद्धले भन्नु भएको हो भनी विश्वास गरिन्छ । यो कुरा महासाहस्रप्रमर्दिनी सूत्र र मन्त्रानुसारिणीको कथासार अध्ययन गर्दा स्पष्ट हुन आउँछ । मूल ग्रन्थमा नलेखिये पनि यी दुइटै सूत्र पनि निकायको भेदले भिन्नै जस्तो देखिन आएको हुनुपर्छ । यो कुरा मन्त्रानुसारिणी शब्दको अर्थ अनुसार विचार गरी हेर्दा स्पष्ट हुन आउँछ । मन्त्रानुसारिणी अर्थात् मन्त्रयान संप्रदाय अनुसार लेखिएको सूत्र भने व्यक्त गर्न नै यो सूत्रको नामै मन्त्रानुसारिणी रहन गएको हुनुपर्छ । उदाहरणको लागि एक दुइवटा मन्त्रानुसारिणीको गाथा प्रस्तुत गरिन्छ—
एते मन्त्रपदा: सिद्धा: सिद्धागाथा जिनोदिता:।
सर्वेषां देवतानां हि भूतानां च हितैषिणा।
ज्ञानेनायोत्तमेनाद्य तथा धर्मतयापिच।
जगतामीतयः सर्वाः शाम्यन्त्वारोग्यमस्तु वः।
विसक्ति: कायिको तृष्णा विध्वस्ता विश्लीकृता।
शान्तचित्तो ह्ययं नाथो स वः स्वस्ति करिष्यति।।

भावार्थः
यसप्रकार दुईवटा गाथा लेखेको पाइन्छ । पुस्तक ठूलो हुने भयले … प्रकाश गरेको छैन । हिजो आज टोल टोल एवं घरैपिच्छे भन्तेहरूद्वारा परित्राण पाठ गराएर लोकको हित सुख होस् भन्ने कामना गरिरहनु भएको कुरा सर्वविदितै छ । यस्तै नै पञ्चरक्षा पाठ पनि गुरुजनहरूद्वारा गराइने परित्राण हो भन्ने सम्झी लोकको हित र सुखको लागि पञ्चरक्षा (महायानी परित्राण) गर्ने गराउने गरेमा लोकको हित र सुख नै हुन्छ भन्ने मेरो श्रद्धा छ ।