टलक थापा ‘थकित’
सिन्धुलीमाढी बाट ४६४८ फिट उचाई रहेको महाभारत शृङ्खला अन्तर्गत पुर्ब पश्चिम् लमतन्न भएर फैलिएको स्थान हो सिन्धुलीगढी ।यसै गढीको उत्तरतर्फबाट बगेकी अधेरीखोला खुर्कोट पुगेर सुनकोसी नदीमा समाहित हुन्छिन ।दक्षिण पश्चिमबाट धनमना खोला बगेर मरिण खोलामा आफ्नो एकल यात्रालाई मिसाउँँछिन भने,दक्षिण पुर्बबाट गौमती गङ्गा हाल अपभ्र्ंस ङखोला बग्दछिन।
एकपटक भगवान शिव पृथ्वीको १२ ठाउँमा भौतिक रूपमा उपस्थित हुनुभएको कथा अनुसार यस गौमति गङ्गा (ग्वाङ्ग खोला) को शिरमा त्रम्बकेश्वर ज्योतिलिङ्गको नामले उत्पती भएको नेपालका जगत गुरु बाल शन्त मोहन शरणज्युले शास्त्रीय आधारको रुपमा प्रमाणित गरि स्वहि स्थानमा केही बर्ष अगाडि हामी स्थानीय लगायत जगत गुरुको उपस्थितमा त्रम्ब्केस्वर ज्योर्तीलिङ्गको स्थापना गरि प्राण प्रतिष्ठान गरिएको थियो, र यस गौमती गङ्गाले पनि कमलामाई खोलामा पुगेर आफुलाई समाहित गर्छिन ।
यसै गढीको पुर्बतर्फ अन्दाजी ५ किमि अग्लो डाँडामा सुर्जापति भुमेको थान छ । धेरै समय पहिले जमिन फोरेर आफै उत्पति भएको सुर्जा पति भुमेको शिला पहिलेको भन्दा अलि बढदै बढदै गएको छ भनेर, स्थानीय जानकार तथा धामीझाँक्रीहरु बताउँँछन ।यस स्थानमा बर्षमा दुई पटक बैशाख पुर्णिमा र मङ्सिर पुर्णिमाको दिन मेला लाग्ने गर्दछ । यस सुर्जापित भुमेलाई बोका तथा कुखुराको भाले बलि दिने चलन छ । यस भुमेथान आसपासका मानिसहरुले भुमे सङ शान्ति,शक्ति,रोगब्यादी नलागोस भनेर पुकार्दछन , र खडेरीको मौशममा पानी परोस् भनेर मागेको केही दिनमा बर्षा भएको स्थानीयहरु बताउँदछन । बर्षमा दुई मुख्य तिथी बाहेक अन्य समयमा पनि स्थानीयहरु यस भुमेथानमा पुजाआजाको लागि जाने गर्दछन । यसै स्थानबाट १०(१५ मिटर पुर्ब बाघभैरबको एक औला जति आ गरेर मुख बाएको जस्तो देखिने ढुङ्गाको शिला छ, यस बाघ भैरवलाई धुप अक्षेता चडाउनुको साथै आँ गरेको मुखमा धागोको काटेको बत्ती घ्यु अथवा तेलमा भिजाई बालेर राख्दिने चलन छ।
, जगदिश घिमिरेको उपन्यास सकसलाई आधार मान्ने हो भने सिन्धुली गढीमा नेपाल र नेपालीले युद्ध जितेको मिति बिक्रम संम्बत १८२४ असोज पन्ध्र गतेलाई मान्नुपर्छ । सिन्धुलीगढी हाल बनाएको मुख्य गेटबाट १०(१५ मिटर अगाडि एउटा कंकीैटले नबनिर्माण गरेको मन्दिर आउँछ । त्यस मन्दिर नजिकै एउटा काभ्रोको जरैजरा भएको ध्वान्द्री परेको रुख छ ।त्यहि रुखको जरामा पुरानो मन्दिर छ । त्यही मन्दिरमा सिद्धबाबा बिराजमान हुनुहुन्छ। पछि माथि बनाएको मन्दिरमा प्राणप्रतिष्ठान गरिएको छैन,दैबीउर्जा यो नयाँ मन्दिरमा नभएको, मुख्य उर्जा त्यही उत्पत्ति स्थल रुखको जरामा पाइन्छ ।जुन उर्जाको आवास साधकले ध्यान गर्दा अनुभुत गर्छन , यस स्थानमा सिद्धबाबाको उत्पति कहिले कसरी भयो भन्ने बारे ठ्याक्कै भन्न नसके पनि बुढापाका तथा लेखकले आफ्नै अग्रजहरु बाट सुने अनुसार सत्य युगमा सुनकोशी नदि खुर्कोट बाट हालको बारा र अधेरीखोला हुँदै निगाले फेदी सम्म आईपुगे पछि सिद्धबाट प्रकट हुनुभएर एउटा खुट्टा भुमेथान डाडा र अर्को खुट्टा गढीबाट पश्चिमतर्फको डाँडामा टाङ्ग फारेर हे गङ्गा , तिमी चेली हौ,यदि तिमी यहाँबाट जाने हो भने मेरो टाङ्ग मुनिबाट जाउ हैन भने उतै फर्क,म लगायत धेरै देबि देबताहरुको यस भेगमा उत्पत्ति स्थल पर्दछ ।त्यस कारण तिमीलाई म यता बाट बग्न दिन्न भनेपछि सुनकोशी गङ्गा उतै फर्केर हाल बगिरहेकि ठाउँबाट बगिन ।
जय प्रकाश मल्लको आग्रहमा उनलाई सहयोग गर्न २६ अगस्ट १६६७ मा पटनाबाट २४०० फौज लिएर नेपाल हिडेको किन्लक २३ दिनमा सिन्धुलिमाढी आइपुग्यो । आढ र शेल्टरहरु बनाई स्थानीय हातहतियारका साथ युद्ध लड्न तयार भएको हाम्रो सेनाहरुसंग, स्वचालित हतियार नभएपनि जमिन,सिस्नु,अल्लो र अरिङ्गालहरुले साथदिएका थिए, युद्ध कौशलमा पुर्ण हाम्रो सेना छदै थियो ।त्यसको अलाबा त्यहि बिराजमान सिद्धबाबाको शक्ति र असिम कृपाको कारण पनि त्यो लडाई जितेको कुरा केही बुढापाकाहरुको मुख बाट सुनिएको थियो ।यस स्थलबाट दक्षिण पटेटी ढुङ्रेभन्ज्याङ्गको डाँडामा भद्रकाली शक्तिपिठ पर्दछ ।भनिन्छ किन्लक त्यो शक्तिप्ीठबाट आफु अगाडि बढन नसकेर सिपाईहरुलाई मात्र अगाडि बढाएका थिए।
दोश्रो घटना २०५२ साल फागुन १ गते मध्यराती तत्कालीन बिद्रोही माओवादीले जनयुद्धको नाममा देशको तिनवटा प्रहरी चौकी एकैसाथ आक्रमण गरे। त्यसमा यसै स्थानमा रहेको सिन्धुलीगढी प्रहरी चौकीमा पनि हमला भयो । सिद्धबाबा मन्दिरबाट कम्तिमा५० मिटरको दुरिमा रहेको त्यस सिन्धुलीगढी प्रहरी चौकिमा माओवादीले आक्रमण गर्दा प्रहार गरेको सकेटबम यसै सिद्धबाबाको शक्ति र असिम कृपाले नपड्किए र प्रहरी कर्मचारीहरु आफ्नो ज्यान बचाउन सफल भएका थिए। ।
सिन्धुलीगढी दरबार पुर्र्ननिर्माण गर्नुअघि यस सिद्धबाबा शक्तिपीठमा साधु ,सन्त ,साधाक तथा सर्बसाधरण भक्तजनहरु जुनसुकै समयमा पनि दर्शन गर्न जान सक्थे । केही बर्ष अघि यस सिन्धुली गढी पुनःनिर्माण कार्य सम्पन्न भई युद्ध संग्रहालय आम सर्बसाधरणलाई पनि हेर्न खुल्ला गरेपछी यस गढिलाई चारैतर्फबाट काढेतारले घेरियो त्यस पछि मुख्य द्वारबाट मात्र टिकट लिएर निश्चित समयमा भित्र जाने र बाहिर आउने बनाईएको हुनाले मन्दिर दर्शन गर्नेको लागि जाने भक्तजनहरुलाई पनि टिकट काटेर मात्र मन्दिर दर्शन गर्न जानुपर्ने नियम बनाईयो । भक्तजनहरु दर्शनको लागि,साधकहरु साधनाको लागि शक्तिपीठमा जुनसुकै समय बिशेष गरि बिहानको समय जाने गरिन्छ तर यहाँ १० देखि५ बजेको समयमा मात्र भित्र छिर्न पाइने र महिनाको अन्तिम बुधबार त पुरै कार्यालय बन्द हुने भएकोले टाढाटाढाबाट मन्दिर आएका भक्तजनहरु दर्शननै नगरी फर्किनु पर्ने अवस्थाले भक्तजन र साधकहरुलाई यो नियम बाधक बनेको छ ।
सिन्धुली गढी ऐतिहासिक स्थलको साथसाथै धार्मिक स्थल पनि हो ।ऐतिहासिक तथा धार्मिक पर्यटनलाई फलाउन फुलाउन तथा मौलिक संस्कृतिको जगेर्ना गर्न स्थानीय सरकारले सर्बप्रथम सिद्धबाबा शक्तिपीठमा भक्तजन आमसर्बसाधारण तथा साधकहरु स्वच्छाले जुनसुकै बेला बिना शुल्क जान सक्ने ब्यबस्था गरियोस । मन्दिरमा मात्र आउनेहरुलाई मन्दिर जाने अलग बाटो बनाउन सके र सङ्रहालय दृश्य अबलोकन गर्ने र मन्दिर पनि दर्शन गर्ने चाहानेहरुलाई दुबै बिकल्प ब्यबस्था मिलाउन सके र मन्दिरको भेटी संकलन गरेर सदुपयोग गर्नसके हाम्रो सिन्धुलीगढी धार्मिक तथा ऐतिहासिक स्थलको संरक्षण र सम्बर्द्धन हुने थियो कि ?