काठमाडौ । हिन्दुहरुका आराध्यदेव पशुपतिनाथका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन् ।
दर्शनार्थीहरुको भीड भएकोले सबैले बिहानको समयमा पुजा गर्न पाउन भन्ने भावनाले पशुपतिनाथका चारैबटा ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यसअघि विशेष धार्मिक अबसरमा मात्र चारै ढोका खोलिंदै आएको थियो ।