काठमाडौ । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका पक्की तथा कच्ची घरटहरा हटाउने तयारी स्वरुप १५ दिने सूचना जारी गरेको छ ।
तिलगंगा क्षेत्रमा यसअघि नै अधिग्रहणमा परिसकेका तर मुआब्जा लिएर पनि घरटहरा खाली नगर्नेहरुका लागि उक्त सूचना जारी गरिएको हो । तोकिएको म्यादभित्र ती संरचनाहरु नहटाए कानून बमोजिम आफैंले हटाउने पनि कोषले जनाउ दिएको छ ।