लुम्बिनी ।
सरकारले लुम्बिनी बोद्ध विश्वविद्यालयको रजिष्टार पदमा सहप्राध्यापक डा. तिलकराम आचार्यको नियुक्ति गरेको छ । खुल्ला प्रतिष्पर्धामा पहिलो नम्बरमा रहेका आचार्यलाई आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्ति पत्र प्रदान गरे । यसअघि दुई कार्यकाल रजिष्टार नै भै कार्य गरेका आचार्यको कामको सबैतिरबाट प्रशंसा गरेका थिए । विश्वविद्यालयमा शैक्षिक,प्रशासनिक लगायत सबैक्षेत्रमा सुधार गरेका उनलाई रोलमोडलको रुपमा लिइने गरेको छ ।