लुम्बिनी । मित्रराष्ट्र चीनका राष्ट्रिय धार्मिक,साँस्कृतिक मामिला प्रशासन मन्त्री चेन रुईफेंग लुम्बिनीको भ्रमण गरेर फकिएका छन् ।
बुद्ध एयरको विमान चार्टरद्धारा लुम्बिनी आएका उनले लुम्बिनीमा चिनियाँ मन्दिरको नजिक बन्न लागेको एक भव्य संरचनाको शिलन्यास समेत गरेका छन् । उनले चिनिया मन्दिरमा राखिएका फोटो ग्यालरीको अबलोकन गरे । यसैगरी मन्त्री चेनले लुम्बिनीको चिनियाँ बिहार पनि अबलोकन गरेका छन् । लुम्बिनीको पर्यटन प्रवर्दन गर्ने र नेपाल चीनबीचको सांँस्कृतिक सम्बन्धलाई कायमै राख्ने दिशामा उनको भ्रमण भएको बताएका छन् ।
लुम्बिनीमा उनले मायादेवीको मन्दिरको पनि दर्शन पनि गरे । अशोक स्तम्भ,शान्तिदीप लगाइत सबैको चासोका साथ अबलोकन गरेका उनको भ्रमणमा चिनियाँ राजदुत छन् सोंग,चिनियाँ राष्ट्रिय धार्मिक मामिला प्रशासनका धार्मिक मामिला ब्यरोप्रमुख हुआंग झिहुई समेत सहभागी थिए ।