चितवन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले रामको जन्म चितवनको माडीमै भएको बताएका छन् ।
यसअघि २०७७ साल असारमा यो कुराको उठान गरेका ओलीले शुक्रवार नेकपा एमालेको जिल्ला कमिटीका निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रममा बोल्दै उनले रामको जन्म नेपालमै भएको ठोकुवा गरे । सम्पूर्ण तथ्यहरुले माडी रामको जन्मस्थल भएको पुष्टि गर्ने उनले बताए ।
चतरामा तपष्याभूमी भएको हुँदा राम लक्ष्मणलाई विश्वामित्रले नदी तरेर आएर शिक्षादीक्षा दिएको प्रसंग सहित उनले चतरादेखि चितवनको अयोध्यासम्म कोशी नदी नै पर्ने भएकोले पनि सो कुरा पुष्टि हुनेमा जोड दिए । विभिन्न धार्मिक शास्त्र र प्रमाणहरुले रामको जन्मभूमि नेपालमै रहेको प्रमाणित गर्ने भएकोले राम र सीताको विवाह पनि यहिंको अयोध्यामा भएको हो भन्ने जिकिर गरे । सत्य कुरा बोल्न डराउन नहुनेमा उनको जोड थियो ।