पोखरा । कास्की जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
खोप तालिका अनुसार बालबालिकाले पाउनुपर्ने सबै खोप समयमै लगाइसकेपछि पूर्णखोप सुनिश्चित जिल्ला घोणणा गर्ने प्रावधान छ ।
जिल्लास्तरीय खोप समन्वय समिति र जिल्ला स्वास्थ्य कार्यालयले एक कार्यक्रम गरी सो घोषणा बिहिबार गरेका हुन् ।