काठमाडौ । काठमाडौँ जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित देखिएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार काठमाडौँ जिल्लामा १५९ जनामा डेंगु सङ्क्रमित देखिएको हो । देशभर मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमण बढ्न थालेको छ ।
देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा १४ सय ३२ जनामा देखिएको डेंगुमध्ये १५९ जना काठमाडौँ जिल्लामा मात्रै पुष्टि भएको चिकित्सकहरुले बताए ।