
काठमाडौं ।नेकपा एमालेको ११ औं महाधिवेशनको बन्द सत्र सुरु भएको छ ।
भृकृटीमण्डपमा सुरु भएको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।
‘देशलाई विखण्डन गर्ने प्रयास भइरहेको छ । यसलाई एमालेले चिर्नुपर्नेछ । त्यो पूरा गर्ने दृढ अठोट छ एमालेसँग छ,’ ‘मिचिएको र थिचिएको संविधानलाई ट्रयाकमा ल्याउनुपर्छ । किनकि हामी ठूलो क्षति व्यहोरेको अवस्थामा छौँ ।’ उनले भनेका छन् ।


