
काठमाडौं।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण पूरा गरी काठमाडौं फर्किएकी छन् ।
यही जेठ १० गते राति एमाले प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा गएकी भण्डारी आज बिहान काठमाडौं फर्किएकी हुन् ।
चीन भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले उच्चस्तरीय भेटवार्ता गरेकी थिइन् । उनले शनिबार गान्सु प्रदेशमा चिनियाँ उपराष्ट्रपति हान चेङसँग भेटवार्ता गरेकी थिइन् ।
चेङ चीन सरकारको दोस्रो बरियता र चिनियाँ कम्युनिष्ट पार्टीको आठौं बरियताका नेता हुन् । चेङले पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुलाई चिनियाँ पक्षबाट यो भ्रमणलाई उच्च महत्व दिएको रूपमा बुझ्नुपर्ने कूटनीतिज्ञहरू बताउँछन् ।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भ्रमण राम्रो भएको बताइन् । उनी उद्योगमन्त्री दामोदर भण्डारीलाई भ्रमणबारे बोल्ने जिम्मेवारी सुम्पिएर बाहिरिइन् ।काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छन् । उनी जेठ १० गते नेकपा (एमाले)का नेताहरूलाई लिएर चीन भ्रमणमा गएकी थिइन् ।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भ्रमण राम्रो भएको बताइन् । उनी उद्योगमन्त्री दामोदर भण्डारीलाई भ्रमणबारे बोल्ने जिम्मेवारी सुम्पिएर बाहिरिइन् ।
“मेरो चीन भ्रमण राम्रो भयो । माननीय दामोदर भण्डारीले सबै कुरा गर्नुहुन्छ,” उनले भनिन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली कांग्रेस र नेकपा (एमाले)को सत्तासहकार्यप्रति छिमेकी मुलुक चीन खुसी रहेको बताए । भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको बताउँदै उनले भने -“नेपालका प्रमुख दलबीचमा जुन सहकार्य भएको छ, त्यसले राजनीतिक स्थायित्व दिन्छ । त्यो राजनीतिक स्थायित्वप्रति खुसी व्यक्त (चिनियाँ अधिकारी) गर्नुभएको छ ।”
भ्रमण टोलीमा नेकपा (एमाले)का सचिव एवम् परराष्ट्र मामिला विभाग प्रमुख रघुवीर महासेठ,स्थायी कमिटी सदस्य कर्ण थापा,उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी लगायत थिए।

