
काठमाडौं। यातायात व्यवसायीहरूले विभिन्न माग राखेर आजदेखि काठमाडौं उपत्यकासहित देशभरि यातायात बन्द गरेका छन्।
यातायात व्यवसायीहरूको आह्वानमा सोमबार बिहानैदेखि काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायातका साधनहरू गुडेका ठप्पप्रायः छ।
सर्वसाधारणहरुलाई मर्का परेको प्रष्टै देखिन्छ ।
एकाध ठाउँमा एक र दुईवटा गाडी चलेको देखिन्छ।
बिहानैदेखि सार्वजनिक यातायात नचल्दा सर्वसाधारणहरूले सास्ती ब्यहोर्नुपरेको छ।
कलेज पढ्ने विद्यार्थी, बिहानै काममा जाने मानिसहरू बस बिसौनीमा सार्वजनिक यातायात कुरेर बसेको देखिन्छन्।

