भरतपूर । प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्डले सत्ता समिकरणमा कुनै खट्पट नभएको बताएका छन् ।
बजेटको सन्दर्भमा सत्ता साझेदार दलका अध्यक्षको विरोधमा अभिव्यक्ति सार्वजनिक भएको कुरालाई सामान्य रुपमा लिंदै प्रधानमन्त्री दाहालले यहि गठबन्धन पुरा अबधि टिक्ने ठोकुवा गरेका छन् ।
भरतपूर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो कुरा बताएका हुन् । सरकारका काम कारबाही चित्त बुझ्दो नै रहेको बताउँदै उनले अझ धेरै गर्न बाँकी रहेको पनि बताए । जनता र राष्ट्रलाई केन्द्रमा राखेर बर्तमान नीति तथा कार्यक्रम आएको कुरामा उनको जोड थियो । सुशासन र सामाजिक न्यायको क्षेत्रमा समेत राम्रै कार्यभएकोमा आफु सन्तुष्ट रहेको पनि प्रधानमन्त्रीले बताए ।