कञ्चनपुर /अविरल परेको वर्षाका कारण कञ्चनपुरको अधिकांश ठाउँमा डुबानमा परेका छन्।
पछिल्लो २४ घन्टामा कञ्चनपुरमा ६२०।४ मिलिमिटर पानी परेको छ। जुन अहिलसम्मकै अत्यधिक वर्षा हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार भारी बर्षातको कारण डुबानमा परेका ४६६ घरपरिवारका १ हजार ६२२ जनालाई सुरक्षित ठाउँमा सारिएको छ।
जिल्लाको दोधाराचाँदनी नगरपालिका, भीमदत्त नगरपालिका र पुनर्वासमा भारी वर्षाका कारण डुबानमा परेका घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको हो।