काठमाडौ । आज कोशी,मधेश,बागमती र गण्डकी प्रदेशका अधिकाँश स्थानमा र लुम्बिनी प्रदेशका अधिकाँश पहाडी भूभागमा मनसुनी प्रणालीको प्रभाव परिरहेको मौसम विज्ञान विभागले जनाएको छ ।
यसकासाथै बाँकी भूभागका स्थानीय र पश्चिमी वायुको प्रभाव आँशिक रहेको छ । आज कोशी,मधेश,बागमती र गण्डकी प्रदेशका अधिकाँश स्थानमा र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आँशिक बदलिदेखि मौसम सामान्यतया सफा रहेको छ ।आज कोशी,मधेश,बागमती र गण्डकी प्रदेशका अधिकाँश स्थानमा र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याँग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
यसैगरी आजदिउसो देशभर आँशिकदेखि साधारणतया बदली रहने र कोशी,मधेश,बागमती र गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन सहित मारी वर्षाको सम्भावना रहेको छ ।
राती भने मधेश कोशी,बागमती र गण्डकी प्रदेशका अधिकाँश स्थानमा र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आँशिकदेखि साधारणतया बदल् रही बाँकी भूभागमा आँशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने । कोशी,गण्डकी तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।