काठमाडौ । नेपालको पूर्वी पहाडी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायुको प्रभाव र भारतको विहार आसपास रहेको न्यून चापिय क्षेत्रको आँशिक प्रभाव रहेको छ /
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया बदली रही बागमती र गण्डकी प्रदेशमा पूर्णतया बदली तथा बाँकी भूभागमा आँशिक बदलीदेखि मूख्यतया सफा रहेको छ । कोशी,बागमती र कर्णाली प्रदेशका थोरै तथा गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा चट्याँग सहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।
दिउसो कोशी,मधेश,बागमती र गण्डकी प्रदेशमा साधारणतया मौसम बदली रही बाँकी भुभागमा आँशिक बदलि रही बाँकी भूभागमा आँशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । महाशाखाका अनुसार कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याँगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ ।