काठमाडौ । काठमाडौ उपत्यका लगायत बागमती प्रदेशका केही स्थानहरुमा शनिबारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशीप्रदेशमा मनसुन सक्रिय भई बर्षा सुरु भएकोले त्यहाँ मनसुनी प्रणालीको प्रभाव रहेकोले अन्य क्षेत्रमा मनसुन सक्रिय हुन नसकेको हो ।
भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आँशिक प्रभावले पश्चिममा मनसुन सुरु हुन पनि समय लागेको छ ।
विभागले जनाए अनुसार कोशी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा बदलीदेखि मौसम मुख्यतया सफा छ । यसैगरी कोशी प्रदेशका केही स्थान र बागमती प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भैरहेको छ ।