काठमाडौ । जल तथा मोसम विभागका अनुसार आगामी तीनदिन मध्य तथा पश्चिम तराईमा अत्याधिक गर्मीको सम्भावना रहेको छ ।
कैलाली,कञ्चनपूर,वर्दिया,बाँके,दाङ लगायतका जिल्लामा तातो हावा र तातो लहर चल्ने सम्भावना रहेकोले सर्वसाधारणलाई सावधानी अपनाउन भनेको छ ।
सुदुरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भूभागका केही स्थानमा विगतका केहीदिनदेखि अधिकतम ४० डिग्री सेल्सियस तापक्रम वा सो भन्दा माथि मापन गरिएको साथै अझै केहीदिन जारी रहने सम्भावना रहेकोले सावधानी रहन भनिएको छ ।
तातो हावा र तातो लहरले थकाई लाग्ने,कमजोरी हुने,बढी तिर्खा लाग्ने ,टाउको दुख्ने,खुट्टा बाउँडिने, बेहोस हुने,चक्कर लाग्ने,वान्ता हुने,माँसपेशी दुख्ने जस्ता स्वास्थ्य समस्या देखापर्न सक्ने भएकोले अत्यावश्यक काममा बाहेक घरवाहिर घाममा बढी नहिड्न भनेको छ ।
साथै विभागले पातला र हल्का लुगा लगाउन,बाहिर निस्कँदा टाउको छोप्ने टोपी लगाउने, अत्याधिक पानी लगायतका झोल पदार्थ पिउन पनि विभागले सर्वसाधारणलाई सुझाएको छ ।