काठमाडौं ।अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठकले रचना गर्नु भएको ‘भ्रष्टाचारको चपेटामा देश’ भ्रष्टाचार विरुद्धको गीतको म्युजिक भिडियोको छायांकन सकिएको छ ।
हेम सरिता फाउन्डेसन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले सो जानकारी गराउनु भएको हो । उहाँका अनुसार चर्चित गायिका कुन्ती मोक्तान र अर्का चर्चित गायक शिशिर योगीले सो गीत गाउनु भएको हो भने चर्चित सङ्गीतकार बी बी अनुरागीले सङ्गीत गर्नु भएको हो ।
यस म्युजिक भिडियोमा कलाकारहरु किरण के.सी., विद्या कार्की, रेष्मा श्रेष्ठ, राजु भुजू र आर के..मानन्धरले अभिनय गर्नु भएको सो म्युजिक भिडियोको निर्देशकमा सुदन के.सी .र सह निर्देशकमा चन्द्र भण्डारी रहनु भएको छ ।
हेम सरिता पाठक फाउन्डेसनले एक लाखको ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार’ ‘एक लाखको ‘हेम-सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’ ,दुई लाखको ‘टंकप्रसाद-रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्दै आएको छ ।
यस्तै प्रतिष्ठानले नेपालमा स्कुल संचालन, विपन्नबर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउदै आएको छ । यसैगरी प्रतिष्ठानले बाजुरा र झापा जिल्लाका विभिन्न क्षेत्रका अशक्त र असहायलगायत दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई काठमाडौं ल्याएर पठनपाठन गराइरहेको हेम सरिता फाउन्डेसन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले सो जानकारी गराउनु भएको हो ।