बलिउड अभिनेत्री जयाप्रदा नहताले नेपाल आफ्ना लागि दोस्रो घर रहेको बताएकी छिन् । बिहीबार काठमाडौंमा भएको नेपाल–भारत कल्चरल फेस्टिबल कार्यक्रमका क्रममा उनले पशुपतिनाथको कृपाले नेपाल महान रहेको बताइन् । उहाँले भन्नुभयो, ‘यस धर्ती महान छ । बाबा पशुपतिनाथको आशिर्वादका कारण यो धर्ती महान छ । यस धर्तीलाई म प्रणाम गर्दछु ।
आज मलाई नेपाल आएर आफ्नो देशको तर्फबाट धारणा राख्दा यो महत्वपूर्ण भएको छ मेरो लागि । एक दिनमा मात्रै हामी यति ठूलो नाम बनाउन सक्दैनौँ ।
यो वर्षौंको मेहनतबाट बनेको नाम हो । यसमा हाम्रो परिवारको पनि त्यत्तिकै साथ छ । मलाई नेपाल आउँदा लाग्छ, यो मेरो लागि दोस्रो घर हो ।’