काठमाडौं । आज आएको नतिजा अनुसार माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० मा अनुत्तीर्ण हुने विद्यार्थीमध्ये १ लाख १५ हजार ८३४ जनाले पुरक परीक्षा दिन पाउने भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले दुई विषय लागेका विद्यार्थीलाई पुरक परीक्षा दिन पाउने व्यवस्था गरेको छ । आगामी साउन १८ र १९ गते यो वर्षको पुरक परीक्षा हुनेछ ।
राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का अध्यक्ष महाश्रम शर्माले एक विषयमा पुरक परीक्षा दिन पाउने विद्यार्थीको संख्या ६७ हजार ७९३ रहेको बताए । त्यस्तै ४८ हजार ३८ हजारले दुई विषयको पुरक परीक्षा दिने परिक्षा बोर्डले जनाएको छ ।