काठमाडौ । शिक्षा मन्त्रालयको सर्कुलरको आधारमा विभिन्न राजनीतिक दलमा आबद्ध भएका र तिनको सदस्यता लिएका आठ सय २५ जनाले दल त्याग गरेका छन् ।
यस अघि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले १०० दिने प्रगति विवरण सार्वजनिक गर्दै उक्त कुरा बताएकी हुन् ।
यसैगरी ४५ शिक्षक विरुद्ध उजुरी परेको,४१ जना शिक्षक उपर स्पष्टीकरण सोधिएको,४ जनाले सफाई समेत पाएको,२० जनाले शिक्षक पदबाट राजिनामा दिएको उनले जानकारी दिइन् । यसै विचमा उनले शिक्षामा राजनीतिकरण हुन नदिने आफ्नो स्पष्ट अडान र दृष्टिकोण भएको पनि बताइन ।