काठमाडौ । भक्तपुरमा प्रथम राष्ट्रिय कानू संगोष्ठी प्रारम्भ भएको छ । काठमाडौ स्कूल अफ ल को आयोजनामा उक्त संगोष्ठी सुरु भएको हो ।
स्कूल अफ ल का कार्यकारी निर्देशक प्रा.डा. युवराज संग्रौलाले कानूनी शिक्षाबारे जानकारी दिने उद्देश्यले गोष्ठीको आयोजना गर्न लागेको बताएका छन् ।
सम्मेलनमा विभिन्न १३ विश्वविद्यालयका शिक्षक र विद्यार्थीहरुले विभिन्न विषयमा आफ्ना कार्यपत्र प्रस्तुत गर्ने बताए । सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले गरेका थिए ।