काठमाडौ । क्रसर उद्योग नविकरणको माग गर्दै क्रसर ब्यवसायीहरुले मंगलबार प्रदर्शन गरेका छन् ।
नियमानुसार गर्नुपर्ने क्रसर तथा खानी उद्योग नविकरण नगरिएको भन्दै उनीहरुले काठमाडौको माइतिघरदेखि नयाँबानेश्वरसम्म नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीसँघको नेतृत्वमा विरोधमा उत्रिएका हुन् ।
दुरी सम्बन्धी मापदण्ड २०७७ अब्यवहारिक भएकोले सो को खारेजी तथा मन्त्रीपरिषदको २०७९ माघ ११ को ढुँगा गिट्टी सम्बन्धी निर्णयको कार्यान्वयनलाई आन्दोलनको एजण्डा बनाएका छन् । साथै नियमानुसार सरकारलाई तिर्नुपर्ने दस्तुर तिरेर नविकरण गरी क्रसर र खानी उद्योग सञ्चालन गर्न पाउँनुपर्ने माग पनि राखेका छन् ।