काठमाडौ । सहकारीको बचत रकम अपचलन भएको भनि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको बैठक जारी छ ।
आइतबार बसेको बैठकले कार्यविधिको टुँगो लगाएपछि आजबाट छलफल अघि बढाइएको हो । आजको बैठकमा सहकारी विभाग,संघीय सहकारी मन्त्रालय,सहकारी बोर्डका प्रतिनिधिहरुसँग छलफल भैरहेको एक सदस्यले जानकारी दिएका छन् ।
जेठ १५ मा माननिय सूर्य थापाको संयोजकत्वमा माननियहरु इश्वरीप्रसाद न्यौपाने,ध्रुववहादुर प्रधान ,बद्रीप्रसाद पाण्डे,लेखनाथ दाहाल,शिशिर खनाल,सरिता भुषाल लगायतका रहेको समिति बनेको थियो ।