काठमाडौ । सहकारी विभागले दोहोरो सदस्यता नलिन सहकारी संस्थाहरुमा आबद्ध सदस्यहरुलाई अनुरोध गरेको छ ।
सहकारी विभागको जेठ ३१ गते जारी गरिएको सूचनामा विभागले कुनै ब्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य हुन नपाउने व्यवस्था स्मरण गराएको छ ।
सरकारी ऐन,२०७४को दफा ३२ को उपदफा १ मा दोहोरो सदस्यताबारे उल्लेख छ । ऐन प्रारम्भ हुनुअघि एकभन्दा बढी संस्थाको सदस्य रहेको भए तीनवर्षभित्र कुनै एक संस्थाको मात्र सदस्यता कायम राख्नुपर्ने ऐनको ब्यवस्थाप्रति विभागले ध्यानाकर्षण गराएको छ ।
सहकारी संस्थाहरुले पनि आफ्नो सदस्यहरुलाई जानकारी दिएर ऐन अनुसार गर्ने,गराउने व्यवस्था मिलाउन पनि विभागले भनेको छ । अन्यथा कानून बमोजिम कारबाही हुने भनि सहकारी विभागको तर्फबाट जारी रजिष्ट्रार पिताम्बर घिमिरेको हस्ताक्षर भएको सूचनामा उल्लेख गरिएको छ ।