हेटौडा । बागमती प्रदेशको राजधानी रहेको उपमहानगरपालिकाले आ.ब.२०८१।०८२ को लागि बजेट पारित गरेको छ ।
२ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँको बजेट आइतबार बसेको १५ औं नगरसभाको बैठकमा उपप्रमुख राजेश बानियाँले प्रस्तुत गरे ।
आन्तरिक श्रोतबाट ५३ करोड २७ लाख ९५ हजार ७७०,राजस्व बाँडफाँडबाट ६१ करोड ६५ लाख ८६ हजार ७ सय ३०,प्रदेश सरकारको अनुदानबाट ११ करोड १७ लाख ३९ हजार र संघीय अनुदानबाट १ अर्ब ९६ करोड ५३ लाख रुपैयाँ रहेको छ ।
चालु आर्थिक बर्षको तुलनामा आगामी आ.ब.को बजेटको आकार घटेको जनाइएको छ ।