काठमाडौ । काठमाडौ महानगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा महानगरभित्र धुमपान,मद्यपान र लागूऔषध प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने नीति लिएको छ ।
यसका साथै खाद्य पदार्थको गुणस्तर कायम गर्न र स्वच्छता कायम गर्न आवश्यक प्रवन्ध मिलाईने बताइएको छ । नगरसभाको आजको बैठकमा महानगर प्रमुख बालेन शाहले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।