काठमाडौ । नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो शुक्रबारदेखि राजधानीमा सुरु हुने भएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्धन एवं अन्य विभिन्न संघसंस्थाको सहकार्यमा समिट इन्भेष्टस एण्ड मार्केट्सको आयोजनामा भृकुटीमण्डपमा उक्त एक्स्पो हुने आयोजकले बताएका छन् ।
दुईदिनसम्म चल्ने उक्त कार्यक्रममा स्वेदेशी एवं विदेशी पर्यटनब्यवसायी,होटल,होमस्टे,रिसोर्ट,ट्रेकिंग,एजेन्सी,माउन्टेनियन एजेन्सी,एयरलाइन्स लगायत विभिन्न सरोकारवालाहरुलाई एकै ठाउँमा जम्मा गरी नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले उक्त एक्स्पो सञ्चालन हुन लागेको हो ।
अनुमानित खर्च १ करोड ८० लाख रहेको उक्त एक्स्पोमा पर्यटनसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने,अन्तर्राष्ट्रिय पर्यटन सरोकारवालाहरुलाई दुईदिने नेटवर्किगमा एकसाथ ल्याउने ,आपसी सहकार्य गर्ने विषयलाई जोड दिने लक्ष्य रहेको आयोजक संस्थाका प्रबन्ध निर्देशक विष्णु पाण्डेले जानकारी दिएका छन् ।