बन्दीपूर । घुम्न आउने पर्यटकको निम्ति बन्दीपूर जान सहज भएको छ ।
हाल परिक्षणकै रुपमा रहेकोमा आजदेखि ब्यावसायिक रुपमा केबलकार सञ्चालनमा आएको हो । बन्दीपूर गाउँपालिका ४ को डुम्रेबजार नजिकैबाट ७ मिनेटमा पार गरेर जानसक्ने बताइएको उक्त केबलकारमा ३१ वटा डिब्बा सञ्चालनमा आएका छन् । बिहान ६ बजेदेखि राती ११ बजेसम्म उक्त केबलकार सञ्चालन हुने बताइएको छ