काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तिय समानीकरण अनुदान कटौती नहुने बताएका छन् ।
काठमाडौ उपत्यकाभित्रका नगरपािलकाहरुको साझा मञ्चको रुपमा रहेको भ्याली मेयर्स फोरमको टोलीसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
फोरमको तर्फबाट सहभागी विभिन्न नगरपालिकाका प्रमुख उपप्रमुखहरुले प्रधानमन्त्रीसँगको छलफलको क्रममा स्थानीय तहको अधिकारमा संघले हस्तक्षेप गर्न नहुने बताए । यसैको जवाफमा प्रधानमन्त्रीले उनीहरुलाई आश्वस्त पारेका हुन्