काठमाडौं ।आज धितोपत्र दोस्रो बजार नेप्से परिसूचक १४.४३ अंक घटेर बन्द भएको छ । तिहारअघिको अन्तिम कारोबार दिन बजार ०.५३ प्रतिशतले घटेर २६७७.६२ विन्दुमा बन्द भएको हो ।
भोलि (बिहीबार)देखि यही कात्तिक १९ गतेसम्म सेयर बजार तिहार बिदा छ । अब बजार एकैपटक कात्तिक २० गते मंगलबार खुल्नेछ ।
यस दिन कारोबार रकममा भने कमी आएको छ । आज पाँच अर्ब ९५ करोड ३९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । मंगलबार भने ६ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।