जनकपूरधाम । धनुषामा यो बर्ष अघिल्लो बर्षको तुलनामा अत्याधिक आँप फलेको छ ।
यसले आर्थिक अभावमा बाँचिरहेका किसानहरुमा राहतको अनुभूति भैरहेको छ । यो बर्ष २३ हजार मेट्रिक टन आँपको उत्पादन भएको जनाइएको छ ।
कृषि ज्ञानकेन्द्र धनुषाका अनुसार यस जिल्लामा करिव ४ हजार हेक्टरमा आँप खेती रहेको छ । एक बर्ष कम फल्ने र एक वर्ष नफल्ने प्राकृतिक कारण नै गत बर्षको आँप उत्पादन कम हुँदा बजारमा आँपको मूल्य बृद्धि भएको थियो तर यस बर्ष आँप उत्पादन बढी भएकोले मूल्य पनि सोही अनुरुप हुनसक्छ । आँपकै कारण प्रत्यक्ष तथा अप्रत्यक्ष करिव दश हजार ब्यापारीले रोजगार पनि पाएका छन् ।