झापा । चैत महिनामा उत्पादित चैते धान नबिकेपछि झापा,कचनकवल गाउँपालिकाका कृषकहरु मर्कामा परेका छन् ।
प्रतिमन एक हजार ५० देखि एकहजार २ सयसम्म धानबिक्री गनेका उनीहरुलाई अहिले धान विक्री नहुँदा चिन्ताले घेरेको छ । चैते धानमा चिस्यान धेरै हुने भएकोले धान भण्डारन गरेर राख्न नसकिने अवस्था छ ।
वर्षेनी धान आयात भइरहेको अबस्थामा पनि यहिं उत्पादित धानले बजार नपाउने अवस्था आउनु निश्चय नै राम्रो होइन ।