
काठमाडौँ । नेपाली कांग्रेसले शीर्ष नेताहरूको बैठक आह्वान गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरमा बैठक बस्न लागेको पार्टीका महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठकमा पदाधिकारी तथा संगठनसम्बन्धी विषयसँगै समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुनेछ ।
