
काठमाडौँ । डोल्पा कारागारबाट सुरुङ खनेर भागेका थप दुई कैदी पक्राउ परेका छन् ।
योसँगै प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
१४ कात्तिकको बिहान कारागारमा सुरुङ खनेर जबर्जस्ती करणी र चोरी मुद्धामा कैद सजाय र पुर्पक्षका लागि थुनामा रहेका आठ जना फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीको कमान्डमा खटिएको ९ जनाको टोलीले बुधबार बिहान त्रिपुरासुन्दरी नगरपालिका– ४, रङस्थित कमला बुढाको घरमा लुकिछिपी बसिरहेको अवस्थामा दुवै जनालाई पक्राउ गरेको गरेको हो ।
पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका– ९, घर भएका १९ वर्षीय कपिल परियार ९कैलाश० र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ७ का २९ वर्षीय कालीप्रसाद रोकाया छन् ।
परियार चोरी मुद्दामा तीन वर्ष कैद सजाय पाएका व्यक्ति हुन् । उनको अझै दुई वर्ष सात महिना कैद भुक्तान गर्न बाँकी छ । यस्तै, रोकाया जबर्जस्ती करणी मुद्दामा आठ वर्ष कैद सजाय पाएका व्यक्ति हुन्
यसअघि प्रहरीले रुकुम पश्चिमबाट दुई जनालाई पक्राउ गरिसकेको छ । प्रहरीले फरार थप चार जनाको खोजी कार्य व्यापक बनाएको छ ।
