
काठमाडौँ । पवन आलोक नियात्रा सम्मान -२०८२ वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारलाई र पवन आलोक नियात्रा सम्मान-२०८३ वरिष्ठ नियात्राकार श्री नरेन्द्रराज पौडेललाई प्रदान गरिने भएको छ ।
नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईं, श्रीओम श्रेष्ठ रोदन र पवन आलोक संलग्न सम्मान सिफारिस समितिले गरेको सिफारिसलाई अनुमोदन गर्दै नियात्रा समाज नेपालले सो निर्णय गरेको हो ।
रेखा कँडेलद्वारा २०७७ सालमा स्थापित यस सम्मानको पहिलो संस्करण नियात्राकार भीष्म उप्रेतीलाई, दोस्रो संस्करण दामोदर पुडासैनी किशोरलाई, तेस्रो संस्करण श्री इल्या भट्टराईलाई, चौथो संस्करण तेजप्रसाद श्रेष्ठलाई समर्पण गरिएको थियो ।
सुरुमा वर्ष भरि प्रकाशित नियात्रा कृतिलाइ मूल्यांकनका आधारमा एउटा कृतिलाइ पुरस्कृत गरिंदै आएकोमा वि.सं २०८१ देखि नियात्रा विधामा पुर्याएको योगदानका आधारमा हरेक वर्ष ” पवन आलोक नियात्रा सम्मान” समर्पण गर्ने संस्थापकको इच्छा वमोजिम वि सं २०८१ को उक्त सम्मान गत वर्ष वरिष्ठ नियात्राकार निर्मोही व्यास लाई समर्पण गरिएको थियो।
पचास हजार नगद राशिका दुवै सम्मान आगामी कार्तिक २९ गते राजधानीमा एक कार्यक्रम आयोजना गरि समर्पण गरिने आयोजकले इखबर नेटलाई बताए ।
