
काठमाडौँ । साहित्यिक पत्रकार संघले राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा ‘पद्मावती-सुनन्दा साङ्गीतिक साँझ’ कार्यक्रमको आयोजना गर्र्यो ।
वरिष्ठ सर्जक एवं चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको थियो ।
पानसमा दीप प्रज्वलन गरी प्रमुख अतिथि खरेलले कार्यक्रमको उद्घाटन गर्नु भएको सो कार्यक्रममा कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश तथा स्वागत मन्तव्य अध्यक्ष लेकालीले राख्नु भएको थियो । उहाँले दुबै गायिका पद्मावती सिंह र सुनन्दा माथेमाको योदानको चर्चा पनि गर्नु भएको थियो ।
कार्यक्रममा वरिष्ठ आख्यानकार, गीतकार एवं गायिका पद्मावती सिंह र गायिका सुनन्दा माथेमाका म्युजिक भिडियोहरु प्रस्तुत गरिएको थियो । गायिका सिंहका म्युजिक भिडियोहरु क्रमशः ‘म मौन रहिरहें, चूपचाप निस्तब्ध रात, रंगिन साँझको याम र कल्पन्छ संधै’ प्रस्तुत गरिएको थियो ।
यसैगरी गायिका सिंहले ‘साँझको याम थियो र धेरै दिन पछि’ प्रत्यक्ष गाएकी थिइन ।
यसैगरी माथेमाका म्युजिक भिडियोहरु क्रमशः ‘यो मनको फूल फुलेन, तिमी बाहेक यो मनले कोही खोज्दैन, मेरो विहान फुल्यो तिम्रो हेराईमा र बाँला मयजु (नेपाल भाषा) प्रस्तुत गरिएको थियो ।
यसैगरी गायिका सिंहले ‘साउने झरी र समा यायेत (नेवारी)गाएकी थिइन ।
दुबै गायिकाको सुमधुर प्रस्तुतिले साङ्गीतिक साँझलाई सुमधुर, उल्लासमय र अविस्मरणीय बनाएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिले यादव खरेलले नेपाली गीत सङ्गीतको चर्चा गर्दै दुबै गायिकामा बंस प्रभाव परेको बताए । दुबैका हजुरबुबा र पिता पनि सङ्गीतमा योगदान गर्नु भएको र अहिले छोरी र नातिनीले पनि सङ्गीतलाई अंगालेको बताए । उहाँले प्रस्तुत म्युजिक भिडियो र गीतले आफूलाई मन परेको बताए ।
उक्त कार्यक्रमका विशिष्ट अतिथिहरु विशिष्ट संगीतकार, गायक, कलाकार एवं पूर्व उपकुलपति सङ्गीत रत्न शम्भूजित बास्कोटा र वरिष्ठ साहित्यकार उषा शेरचनले शुभकामना मन्तव्य राख्दै प्रस्तुत म्युजिक भिडियोहरु र गीतहरु उत्कृष्ट र आकर्षक रहेको बताए ।
कार्यक्रममा संघद्वारा गायिका पद्मावती सिंह र गायिका सुनन्दा माथेमालाई माला र कदरपत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रमको सहजीकरण साहित्यकार मन्जिला अनिलले गरिन ।


