
गजल
शिव त्रिपाठी
असाध्यै हिंडायो बरै जिन्दगीले
र धेरै सिकायो बरै जिन्दगीले
कथाका ब्यथाका शयौं श्रृङ्खलामा
घुमायो फिरायो बरै जिन्दगीले
लग्यो खेलमा होड बाजी सबैमा
हरायो जितायो बरै जिन्दगीले
कतै मित्र सच्चा कतै दुष्ट वैरी
अनेकौं चिनायो बरै जिन्दगीले
म विक्षिप्त बन्दा, पीडा वेदनामा
भरोसा दिलायो बरै जिन्दगीले
हेमजा

