
चर्चामा पुस्तक
आगोको झरी
डा.दामोदर पुडासैनी किशोरको नविनतम् कविताकृतिभित्र ४७ थान विविध शिर्षकका कविताहरु समावेश छन् । नेपाली जनजीवनका विभिन्न पक्षलाई कविताहरुले सम्बोधन गरेका छन् । समाजमा जहिल्यै उज्यालो खोज्ने कविमन कविताहरुमा पोखिएको छ । कवि मानवतावादी भाव ओकल्छन् कविताामा । गलत र विकृतिप्रति आगो ओकल्ने कविले असहमतिका विचारहरु निर्धक्क राखेका छन् । कवित्व चेत विश्वचेत बोकेका देखिन्छन् । पर्याको विग्रदो अवस्थाप्रति कवि चिन्तित त छन् नै जलवायु संकटमा मजैले बोल्छन् । विज्ञानका विषय कवितामा नहुने कुरै भएन् ।
कविताको कला र संरचनामा मौलिकता,विचारउत्तेजक कविता,प्रयोगशीलता,प्रतिकात्मकता,बिम्बहरुको विविधतायुक्त प्रयोगले भरिएका कविताहरु पठनीय छन् ।
सुवोध्य भाषा छ । आयामको दृष्टिले छोटा कविताहरुको बाहुल्यता छ । प्रतिकको उपयुक्त सुविचारित प्रयोग छन् कविताहरुमा ।
आगोको झरीलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । यसको मूल्य रु.४९०। रहेको छ ।
वेध
वसन्त खनालको निर्बन्ध आख्यानमा विविध शिर्षकका छब्बिस थान निबन्धहरु समावेश गरिएका छन् । उनले निर्बन्धमार्फत समाजसँग वार्ता गरेका छन् । लाग्छ कविमन छ ,उनमा त्यो निर्बन्ध भएर पोखिएको छ । आफ्ना अनुभवलाई अनुभूतिको चास्नीमा घोलेर विचारको मसलाले मिठासपूर्ण स्वाद दिन सक्नु निर्बन्धकारको खुवी लाग्छ । आत्मपरक स्वादको मजा दिन्छ कृतिले । निजात्मक निर्वन्ध र आख्यानको मिश्रण भएको कृतिले फरक स्वाद त दिएको छ नै,यसमा आख्यानकारको विचार,भावना र विभिन्न भोगाईका प्रसङ्ग र परिवेशका सन्दर्भहरु यहाँ उधिनिएका छन् । हाम्रा समग्र जीवनदर्शन बोध हुने गरी सिर्जना गरिएको छ ।
हाम्रा सामाजिक मूल्यमान्यता,जन्म र मृत्यूको साश्वत सत्य,प्रेमको स्वरुप,भोगाईका अनवरत श्रृँखलाहरु यहाँ पढ्न पाइन्छ । नवीनतम लेखन र भावलाई प्रस्तुत गर्ने खनालको खुवी देखिन्छ । भोगाईलाई शव्दमा बडो सुललित ढङ्गले खिपिएका छन् । प्रकृति प्रेम,आफन्तको माया,यौन,विभिन्न दैवीप्रकोपका पीडायुक्त व्यथा,शहरको चरित्र,आधुनिक यान्त्रिक विकासका अनमेल कुराहरु पनि निर्बन्ध आख्यानका विषय बनाइएका छन् ।
काव्यात्मक भाव,बिम्ब र प्रतिकको अधिकतम् प्रयोग,सुललित भाषाशैलीले कृतिलाई थप उचाईमा पुर्याएको छ ।
वेधलाई साकिरा प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.७५०। रहेको छ ।
पेनिबा
साहित्यको बढी पढिने विधा हो आख्यान । आख्यानमा दोस्रो बढी पढिन्छ कथा । सुरेश यक्सोलिखित यस कथासङ्ग्रह भित्र सोह्र थान विभिन्न विषयवस्तु रहेका कथाहरु समावेश गरिएका छन् । यक्सोका कथाहरुमा सीमित पात्र सहभागी हुन्छन् तिनका सम्बाद र चरित्रद्धारा कथाकारले भन्न खोजेको कुरा पाठक सामु पुग्छन् । आफ्नै समाज वरपरका पात्रहरु र कथानकतालाई सुन्दर र सुक्ष्म ढङ्गले टिपेर कथा लेख्ने कथाकारको सीप र क्षमता कथाहरुमा प्रष्टै देखिएका छन् ।
आफ्नै परिवेश,आफ्नै भोगाइ,अनुभव र अनुभूति पनि कथाको विषय बनेको जस्तो भान पर्छ । कथाहरुको प्रवृत्ति पनि बहुदेखिन्छ । यसमा समावेश कथाहरु यथार्थवादी भावदेखि मनोवैज्ञानिक र दार्शनिक भावमा समेत आएका छन् । कतिपय कथाहरु विचारप्रधान छन् । विदेशी भावभूमिका कथाहरुले पनि कृतिमा स्थान पाएका छन् ।
कथामा दह्रोसँग जम्न सक्ने खुवीलाई कृतिले प्रष्ट झल्काएको छ ।
कथामा नयाँ स्वाद,सरल भाषाशैली,सीमित पात्र, आयामको दृष्टिले मध्यम कथासङ्ग्र रहेको छ ।
पेनिबा कथासङ्ग्रहलाई रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु. ३९९। रहेको छ ।

