काठमाडौँ।पूर्वप्रधानमन्त्री देउवाले मंगलबार प्रेस विज्ञप्ति जारी गरेका छन्।
बिपी कोइरालाको स्मृति दिवसको अवसरमा देउवाले विज्ञप्ति जारी गरेका हुन्।
पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल फेसबुकमा पनि उक्त विज्ञप्ति राखेका छन्।
‘नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई मैले गम्भीर चासो र जिम्मेवारीका साथ निरन्तर नियालिरहेको छु’।
उनले भनेका छन्, ‘भौतिक र मनोवैज्ञानिक त्रास सिर्जना गरेर प्रतिपक्षलाई दबाउने प्रवृत्ति कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन सक्दैन।’ उनले विज्ञप्तिमा भनेका छन्।”
‘म नेपाली भूमिमा पुनस् पाइला टेक्दैछु, सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु।’ उनले भनेका छन् ।
उनले आफु साउनभित्रै नेपाल फर्कने पनि भनेका छन् ।
विगत केही महिनादेखि स्वास्थ्य उपचार सिलसिलामा आफू विदेशमा रहे पनि आफ्नो मन, सोच र चिन्ता निरन्तर देश, जनता, लोकतन्त्र र राष्ट्रिय हितमै केन्द्रित रहेको देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन्।
हाल देउवादम्पति हङकङमा स्वास्थ्य उपचारमा छन् ।
