
बनेपा,काभ्रे। ज्योतिष्मती साहित्य संगमको आयोजनामा बनेपामा सृजना वाचन कार्यक्रम सम्पन्न भयो ।
शनिबार आयोजित उक्त कार्यक्रममा डा.गार्गी शर्मा प्रमुख अतिथि थिइन् ।
कार्यक्रमका विशेष अतिथिहरूमा स्वामी शान्तम ,मच्छेश्वर सापकोटा ,त्रिलोचन आचार्य,सूर्यप्रसाद लाकोजू, ध्रुवराज थापा,तारा के सी र उमेश पाण्डे थिए।
कार्यक्रममा ३ दर्जन कवि कवयित्रीहरूले आफ्नो रचना वाचन गरेका थिए ।
स्वामी शन्तमको मीठो आध्यात्मिक भक्ति गायन र रामहरी न्यौपानेको माटोको गीतका साथै मच्छेश्वर सापकोटाको सुरिलो सङीतले गुन्जिएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष हरिप्रसाद चौलागाईंले गरेका थिए।
सन्चालन नवराज दाहाल उत्साहीले गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य रामसुन्दर देउजाले गरेका थिए ।





