
भदौ १४, हाम्रो मन नै हाम्रो सुख र दुःखको मूल स्रोत हो । आफ्नो मनलाई नियन्त्रण गर्न सक्यौं र त्यसको मालिक बन्यौं भने हामीसँग खुशीको भित्री स्रोत हुनेछ । त्यसपछि हामी खुशी हुनका लागि बाहिरी कुराहरूमा निर्भर हुनुपर्दैन । तर, यदि हामी आफ्नो मनलाई नियन्त्रण गर्न सक्दैनौं भने सधैँ नकारात्मक सोच र भावनाहरूको शिकार हुनेछौं । यस्तो अवस्थामा बाहिरी सुखका जतिसुकै साधनहरू भए पनि हामी तिनको वास्तविक आनन्द लिन सक्दैनौं ।
— द मिडल-वे मेडिटेशन इन्स्ट्रक्शन्स (मध्यममार्ग ध्यान निर्देशनहरू), पृष्ठ ६९ बाट








